६ माघ २०८२, मंगलबार | January 20, 2026

ईश्वर पोखरेलद्वारा एमाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा



नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

मंगलबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा पोखरेलले राष्ट्र, जनता र पार्टीलाई सधैँ सर्वोच्च स्थानमा राखेको उल्लेख गर्दै जीवनका उतार–चढावमा इमान र निष्ठाबाट कहिल्यै विचलित नभएको जनाएका छन्। “शक्तिमा होइन, विधि, समन्वय, सामूहिकता र सहकार्यमा विश्वास राख्छु,” उनले भनेका छन्।

पार्टी पुनर्गठन र रूपान्तरणका लागि मुलुकभरका कार्यकर्ताबाट आएको आग्रह र सुझावलाई आधार मानेर आफू अध्यक्ष पदमा उम्मेदवार बन्ने निष्कर्षमा पुगेको पोखरेलले स्पष्ट पारेका छन्।

पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका थिए । तर आज उनले सो प्रक्रियालाई तत्कालका लागि स्थगित गर्दै विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता अध्यक्ष ओलीले सदस्यता समेत नविकरण नगरेपछि पोखरेल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्न अघि सरेका हुन् । पोखरेलले अध्यक्ष ओलीलाई निकास दिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : १६ बजे

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत