२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

एनपीएलमा आज रोमाञ्चक भिडन्त : विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुने भएका छन् । विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरेका छन् भने चितवनलाई कुशल मल्लले नेतृत्व गरिरहेका छन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।

तीन खेल खेलिसकेको विराटनगरले अहिलेसम्म अपराजित यात्रा कायम राख्दै लगातार तीन जितसँगै ६ अंक जोडेको छ । दुई खेल खेलेको चितवनले भने एउटा जितसहित २ अंक जोडेको छ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण मानिएको छ । विराटनगर शीर्ष स्थानमा उक्लिन चाहन्छ भने चितवनले तेस्रो खेलबाट जित निकाल्दै अंक थप्ने लक्ष्य लिएको छ ।

यस खेलमा विराटनगरका सन्दीप लामिछानेको घातक बलिङ र चितवनका रवि बोपाराको उत्कृष्ट ब्याटिङ मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ । बोपाराले यस सिजनका दुई खेलमै अर्धशतक प्रहार गर्दै राम्रो लय समाएका छन् भने सन्दीप दुई खेलमै ७ विकेट लिन सफल हुँदै सर्वाधिक विकेटकर्ता बनेका छन् ।

विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले, दोस्रो खेलमा काठमाडौंलाई ५ विकेटले र तेस्रो खेलमा जनकपुरलाई ९ रनले हार दिएको थियो । समान अंक भए पनि रनरेटका आधारमा विराटनगर अहिले दोस्रो स्थानमा छ । चितवनले पहिलो खेलमा कर्णालीलाई ४ विकेटले हराए पनि दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो, जसले टोलीलाई तालिकाको पाँचौं स्थानमा धकेलेको छ ।

यस सिजनको एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन् ।

अपराजित सुदूरपश्चिम र विराटनगरले समान ६ अंक बनाएका छन् । रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा रहेको छ । चार खेलबाट ४ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा छ भने लुम्बिनी, चितवन र कर्णाली क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन्। जनकपुर र पोखराले भने खेलिएका दुई-दुई खेलमा अहिलेसम्म अंक बटुल्न सकेका छैनन् ।

मंसिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म कीर्तिपुरमै हुने खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रत्येक दिन ९ हजार ४५३ टिकट बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : १३ बजे

एमालेमा आमूल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे

बुटवल । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले

अन्तिम समयमा गोल खाँदा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा

एसपी थापालाई संघमा स्वागत : ट्राफिक व्यवस्थापनमा बुटवललाई नमुना बनाउन सुझाव

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल प्रहरी लुम्बिनी प्रदेश राजमार्ग

वेस्टर्न मेगा कलेज बुटवलमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बुटवल । बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने

बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई