काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी व्यक्त गरेको अभिव्यक्तिप्रति मुस्लिम समुदायका अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीको वक्तव्य सामाजिक सद्भाव, धार्मिक सम्मान र पदको गरिमाविपरीत भएको भन्दै खेद प्रकट गरेका छन् ।
हालै एउटा कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम समुदायका व्यवहारसम्बन्धी विवादित टिप्पणी गरेकी थिइन् । उक्त अभिव्यक्ति सार्वजनिक भएपछि मुस्लिम समुदायभित्र आक्रोश फैलिएको छ ।
प्रधानमन्त्रीको उक्त टिप्पणी सामाजिक सद्भाव खल्बल्याउने प्रकृतिको रहेको र सम्पूर्ण समुदायलाई सामान्यीकृत रूपमा प्रस्तुत गरिएको भन्दै मुस्लिम अगुवाहरूले निन्दा गरेका छन् ।
मुस्लिम समुदायका अगुवा डा. अबुल हुसेन अन्सारीले विज्ञप्ति जारी गर्दै यस्तो “गैर-जिम्मेवार” अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले समुदायको सम्मान र पहिचानमाथि प्रहार हुने गतिविधिका विषयमा सामूहिक संवादका लागि मुस्लिम दाजुभाइ तथा दिदीबहिनीलाई छलफल तथा भेलामा सहभागी हुन अनुरोध गरेका छन् ।


















प्रतिक्रिया