१७ फाल्गुन २०८२, आइतबार | March 2, 2026

त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ



कीर्तिपुर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । दर्शकले खाद्य स्टल, शौचालयलगायत सुविधाको भने उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेका हुन् ।

रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको प्यारापिटसहित अन्तरराष्ट्रियस्तरको निर्माण भएको छभने ‘फ्लडलाइट’का कारण राति पनि खेल सम्भव भएकाले एनपिएलको उत्सह थपिएको कैलालीको टीकापुरबाट खेल हेर्न आउनुभएका सुदूरपश्चिम रोयल्सका समर्थक विशाल जोशीले बताए । बास्न, हेर्न र दर्शनको क्षमतामा वृद्धि भए पनि चिया, पानी र शौचालयको भने उचित व्यवस्थापन हुन नसकेको उनको गुनासो छ ।

दर्शकले सुविधा र प्रविधिका हिसाबले दोस्रो संस्करण उच्चस्तरको भएको बताउँदै आगामी दिनमा व्यवस्थित खाद्यस्टल तथा शौचालयको सुविधा थप गर्नुपर्नेमा जोशीले जोड दिए । “पोहोर गेटबाट प्रवेश गर्न पनि असहज थियो । दर्शकको घुइँचो व्यवस्थापन कमजोर हुँदा, धक्का खाँदै धुलैधुलो भएर खेल हेर्ने ठाउँ खेज्नुपथ्र्यो । बस्ने स्थान चिसो हुँदा कागज ओछ्याएर बस्नुपर्ने बाध्यता थियो । यसपालि सुरुदेखि नै व्यवस्थित छ, आरामले सिटमा बसेर हेर्न पाइएको छ”, उनले भने।

पोहोरको तुलनामा सुरक्षा व्यवस्थापन, पार्किङलगायतको व्यवस्थापन पनि सहज भएको जोशीले बताए । शौचालयको पर्याप्त व्यवस्था नहुँदा पानी र खाजागायतका लागि खाद्यस्टल नभएकाले केही अप्ठ्यारोमा पर्ने गरेको उनले प्रतिक्रिया दिए। “पहिलो दिन त पानीको व्यवस्थासमेत थिएन, दर्शकले आवाज उठाएपछि दोस्रो दिनदेखि पानी भने पाइयो”, उनले थप।

भित्र केही सुविधासम्पन्न रेस्टुराँका स्टल रहे पनि अधिकांश दर्शकका लागि महँगो हुने उनले बताए। आफूले समर्थन गरेको सुदूरपश्चिमको खेल अहिलेसम्म राम्रो रहेको भन्दै उनले खुसी व्यक्त गरे ।

एनपिएल हेर्न सात वर्षको छोरासहित कीर्तिपुर पुग्नुभएकी शान्ति शाहले पोहोरको तुलनामा टिकट बिक्री छिट्टै भएकाले रोजेको टिमको खेल हेर्न नपाएको गुनासो गरे । पोहोर आफूले उभिएर हेर्नुपरेको सम्झदै उहाँले यस पटक भने सपरिवारले सहज रूपमा अवलोकन गर्न पाइरहेको प्रतिक्रिया दिए ।

कर्णाली एक्सका समर्थक राजेश रानाले गत वर्षजस्तो चौरको चिसोमा बसेर खेल देर्नुनपरेको बताए । रङ्गशाला अन्तरराष्ट्रियस्तरमा पुगेकाले पोहोरकोभन्दा प्रभावकारी व्यवस्थापन गरिँदा यसपटक खेल हेर्न सहज हुनुका साथै दर्शक पनि बढेका उनको भनाइ छ । “टिकटको मूल्य बढेको भए पनि वितरण र रङ्गशालामा प्रवेश गराउने प्रक्रियासमेत व्यवस्थस्थित छ”, उनले भने ।

एनपिएल हेर्नका लागि जुम्लाबाट कीर्तिपुर आउनुभएका तरुण काफ्लेले पोहोरभन्दा उत्कृष्ट व्यवस्थापन भएको प्रतिक्रिया दिए। “पोहोर यत्तिको व्यवस्था थिएन । टिकट ब्ल्याकमा बिक्री हुने र जो सुकै पनि छिर्न सक्ने अवस्था थियो । अहिले सुरक्षासहित टिकट बिक्रीवितरण पनि प्रभावकारी रूपमा भइरहेको छ”, उनले भने ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १२ : ०६ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका