२२ असार २०८३, सोमबार | July 6, 2026

निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल



काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको साखलाई अझ उँचो बनाउँदै सुशासन, सेवाप्रवाह, विकास निर्माण र समग्र रूपान्तरणको ‘मियो’को रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पदवहाली गर्दै उनले आफ्नो कार्यकालमा देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै सर्वोपरि लक्ष्य हुने स्पष्ट पारे ।

“चुनौतीपूर्ण अवस्थामा मलाई प्राप्त हुन आएको मुख्यसचिव पदको जिम्मेवारीलाई म निःस्वार्थ र निस्प्रिह भावले पूर्ण जिम्मेवारी बोधका साथ राष्ट्र र जनताको सर्वोत्तम हित हुनेगरी सम्हाल्न प्रतिबद्ध रहनेछु”, मुख्यसचि अर्यालले भने । उनले आफू सम्पूर्ण शक्ति, सामथ्र्य, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक–मैत्री बनाउँदै समग्र प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुने विश्वास दिलाए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : २१ बजे

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको