काठमाडौं । हङकङको ताई पो क्षेत्रस्थित वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा बुधबार राति भीषण आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आगलागीमा २८ जना घाइते भएका छन्, जसमा एक अग्नि-नियन्त्रकसमेत रहेका छन् ।
समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार, कम्लेक्सका आठ ब्लकमा फैलिएको आगोले ठूलो क्षेत्रभरि कालो धुवाँको मुस्लो फैलिएको थियो । उक्त आवासीय संरचनामा करिब २ हजार फ्ल्याट रहेका छन् ।
हङकङ सरकारका अनुसार, आगो स्थानीय समयअनुसार २ बजेर ५१ मिनेट जाँदा सुरु भएको थियो । सूचना प्राप्त भएपछि अग्नि-नियन्त्रणका लागि ७ सयभन्दा बढी फायरफाइटरहरू खटिएका थिए ।
जोरदार प्रयासपछि आगो नियन्त्रणमा लिएकापनि केही मानिस अझै भवनभित्र फसेको आशंका सरकारले जनाएको छ । उद्धार र खोजीकार्य निरन्तर जारी छ ।
प्रारम्भिक चरणमा आगो कसरी फैलियो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ ।


















प्रतिक्रिया