३० भदौ २०८३, मंगलबार | September 15, 2026

हङकङको आवासीय क्षेत्रमा भीषण आगलागी, १३ को जनाको मृत्यु



काठमाडौं । हङकङको ताई पो क्षेत्रस्थित वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा बुधबार राति भीषण आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आगलागीमा २८ जना घाइते भएका छन्, जसमा एक अग्नि-नियन्त्रकसमेत रहेका छन् ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार, कम्लेक्सका आठ ब्लकमा फैलिएको आगोले ठूलो क्षेत्रभरि कालो धुवाँको मुस्लो फैलिएको थियो । उक्त आवासीय संरचनामा करिब २ हजार फ्ल्याट रहेका छन् ।

हङकङ सरकारका अनुसार, आगो स्थानीय समयअनुसार २ बजेर ५१ मिनेट जाँदा सुरु भएको थियो । सूचना प्राप्त भएपछि अग्नि-नियन्त्रणका लागि ७ सयभन्दा बढी फायरफाइटरहरू खटिएका थिए ।

जोरदार प्रयासपछि आगो नियन्त्रणमा लिएकापनि केही मानिस अझै भवनभित्र फसेको आशंका सरकारले जनाएको छ । उद्धार र खोजीकार्य निरन्तर जारी छ ।

प्रारम्भिक चरणमा आगो कसरी फैलियो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : ३० बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी