१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रधानमन्त्री कार्कीको सचिवालयमा अव ६ जना मात्र



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीबाट सचिवालयमा नियुक्त गरिएका केही कर्मचारीका विषयमा चौतफी आलोचना भएपछि प्रधानमन्त्री कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् ।

उनले यसअघिको २० जनाको सचिवालयको संख्यालाई घटाएर ६ जनामा सिमित गराएकी छिन् । प्रधानमन्त्रीले आफ्नो सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राख्ने निर्णय गरेकी हुन् ।

यसअघि प्रधानमन्त्री कार्कीले २० जना सचिवालय बनाएर काम गरेकी थिइन् । पछिल्लो पटक सचिवालयमा निकटवर्तीहरूलाई नियुक्त दिएको विषय बाहिरिएपछि विवाद भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खबर सार्वजनिक भएसँगै प्रधानमन्त्री र उनको सचिवालयलाई लिएर तिब्र आलोचना भएको थियो ।

प्रधानमन्त्रीबाट विश्वास लायक सदस्यहरुलाई सचिवालयमा राखिएको स्पष्टिकरण दिएपनि सो सम्बन्धमा जेनजीहरूसमेतको विरोध र दबाब बढेपछि प्रधानमन्त्री कार्कीले आफ्नो निर्णय सच्याउँदै सचिवालय संख्या घटाएकी हुन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ५५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा