१८ माघ २०८२, आइतबार | February 1, 2026

चुच्चे नक्शा समेटिएको १०० रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि १०० रुपैयाँ अंकित दरका नयाँ नोट बजारमा पठाउने भएको छ। नयाँ नोट साबिककै आकार र रङमा उपलब्ध हुनेछ।

राष्ट्र बैंकका अनुसार संकेत नम्बर क/२० ०००००१ देखि घ/४० ९९९९९९ सम्मका नोट क्रमशः चलनचल्तीमा ल्याइनेछन्।

नयाँ नोटको बायाँ भागमा सगरमाथाको चित्र, दायाँ भागमा लालीगुराँसको पानी छाप, र मध्यभागमा नेपालको चुच्चे नक्सा समावेश गरिएको छ। नोटमा अशोकस्तम्भको चित्र पनि राखिएको छ र अंग्रेजीमा बुद्ध नेपालमा जन्मिएको जनाइएको छ । जसको वरिपरि सुरक्षा सम्बन्धी सूक्ष्म मुद्रण गरिएको छ।

दृष्टिविहीन व्यक्तिहरूले छामेर पहिचान गर्न सक्ने कालो थोप्ला बायाँतर्फ राखिएको छ। त्यसैगरी, अण्डाकार फ्रेमभित्र मायादेवीको सिल्भर मेटालिक चित्र समावेश गरिएको छ।

नोटमा राखिएको सुरक्षा धागो २ मिमि चौडा छ, जसलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ भने तल्लो बोर्डरमा नेपालीमा “विसं २०८१” अंकित गरिएको छ।

माथिल्लो भागमा अंग्रेजीमार्फत नोटको प्रामाणिकता सूचित गर्ने सुरक्षा अक्षरहरू राखिएका छन्। नोटको मध्यभागमा एकसिङे गैँडाको माउ र बच्चाको चित्र थपिएको छ, जसलाई यस संस्करण नोटको प्रमुख आकर्षणको रूपमा हेरिएको छ।

राष्ट्र बैंकका अनुसार, ती सबै विशेषता सहितका १०० रुपैयाँका नयाँ नोट आजदेखि औपचारिक रूपमा बजारमा उपलब्ध गराइनेछन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १० : ३१ बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए