३ आश्विन २०८३, शनिबार | September 19, 2026

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार सुनुवाइपछि जिल्ला अदालत काठमाडौंले गरेको थुनानिर्देशन बदर गर्दै महरालाई धरौटीमा छाड्ने निर्णय सुनाएको हो ।

यसअघि असोज २९ मा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा थुनामा थिए । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको बिगो मागदाबी सहित मुद्दा दर्ता गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो । दुबईबाट आएका इलेक्ट्रोनिक सिगरेट (भेप) मा करिब ९ किलो सुन लुकाएर तस्करी गरिएको प्रकरणमा उनिमाथि मुद्दा दायर गरिएको थियो । यो मुद्दामा जिल्ला अदालतले थुनानिर्देशन दिए पनि उच्च अदालतले उल्ट्याएपछि महरालाई ठूलो राहत मिलेको छ ।

सीआईबीका अनुसार चिनियाँ नागरिक लि हासोङ्गले भेपमा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी गरिएको छ । उनीविरुद्ध पूरक अभियोग समेत सोमबार दर्ता भएको थियो । यसअघि पनि महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका थिए ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेपछि उनी फेरि अनुसन्धानको दायरामा परेका थिए । रवि लामिछाने गृहमन्त्री हुँदा पनि उनले यही मुद्दामा हाजिरी जमानी पाएर बाहिरैबाट प्रक्रिया सामना गरेका थिए ।

२०७९ सालमै भेपमार्फत सुन तस्करी प्रकरणमा अनुसन्धानमा तानिए पनि सत्ता-शक्तिको भरमा उनी बाहिरै रहेको आरोप आएसँगै यो प्रकरण फेरि सतहमा आएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ४ : ३८ बजे

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर