काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारको सिफारिस र मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न अनुमति दिएको जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०८/०८ को निर्णयअनुसार सम्वत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरिएको छ ।”
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले सेनाको सहायता आवश्यक ठानेको हो ।



















प्रतिक्रिया