४ चैत्र २०८२, बुधबार | March 18, 2026

नेपालमा ४९ प्रतिशत बढी नागरिक बीमाको पहुँचमा



नेपालगञ्ज । आर्थिक बर्ष २०७५/७६ मा मुलुकभर १७ प्रतिशत बीमाको पहुँच रहेकोमा आर्थिक बर्ष २०८२/८३ को असोजसम्म बीमाको पहुँच बढेर ४९.०५ प्रतिशत पुगेको एक तथ्यांकले देखाएको छ ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा आज नेपालगञ्जमा आयोजित पत्रकारसंग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय का सहायक निर्देशक शिवराज विसीले प्रस्तुत गरेको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा सक्रिय बीमालेख संख्या ११ लाख रहेको छ । जसबाट कुल ७ अर्ब ४३ करोड बीमा शुल्क संकलन भएको छ । विसीले नेपालमा जोखिमको अवस्था रहेको भन्दै नेपाल जलबायु परिवर्तनको जोखिममा १०औं, भूकम्पीय जोखिममा ११औं, मिश्रित विपद् १६औं र बाढी पहिरोको जोखिमका हिसाबले विश्वमा ३०औं स्थानमा रहेको जानकारी गराए ।

उनले कानुनी तथा कार्यान्वयन कमजोरी, उच्च जोखिम क्षेत्रहरुमा निगरानीर नियम कमजोर तथा सम्पत्ती सुद्धिकरण र आतंकवाद वित्तिय लगानी रोक्ने प्रयास अपर्याप्त भएका कारण नेपाल ग्रे लिष्टमा गएको बताए । उनले बीमाका ७ सिद्धान्तका बारेमा पनि चर्चा गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा मात्र बागमती प्रदेशमा सबैभन्दा बढी १७६२ र कर्णाली प्रदेशमा सबै भन्दा कम २९ बीमा दाबी आएको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण बुटवल कार्यालयकी निर्देशक जमुना अर्याल आचार्यले बीमाको बुझाई र धरातलीय यथार्थबारे बुझ्न र सुझाब संकलन गर्न पत्रकारहरुसंग अन्तरक्रिया गरिएको बताइन् । उनले बीमाबारे सचेतना प्रबद्र्धन गर्न र बीमाका मुद्दालाई मिडियामा मूल प्रवाहीकरण गर्न पत्रकारहरुको रचनात्मक सहयोगको अपेक्षा राखिन्।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बीमाको दायरा र पहुँच बढ्दै गएको बताउँदै बीमा बारेको बुझाईमा पनि सुधार भएको बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आर्थिक क्षतिको भरपाई र सोधभर्नामा बीमाको उल्लेख्य भूमिका रहने बताए । उनले बीमाबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्न मिडियाको भूमिका रहने भन्दै बीमा बचत मात्र नभएर सुरक्षित भविष्यको आधार पनि भएको बताए ।

कार्यक्रममा पत्रकारहरु निरज गौतम, शंकर खनाल, शरण कर्माचार्य, सावित्री गिरी, लोकनाथ शर्मा, लगायतले बीमाका सम्बन्धमा कतिपय कमजोरीहरु रहेको औंल्याउँदै विभिन्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १० : १३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड