१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा आज धनगढीमा



काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा एकता सन्देश सभा आयोजना गर्दैछ।

पार्टी गठनपछि प्रदेशस्तरमा सन्देश सभा गर्ने योजनाअनुसार पहिलो कार्यक्रम धनगढीबाट सुरु हुन लागेको हो।

सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

पार्टीले सातै प्रदेशमा क्रमिक रूपमा सन्देश सभा गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेशको देउखुरीमा मंसिर १३ गते, गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते र कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते सभा आयोजना हुनेछ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १८ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते र बागमती प्रदेशको हेटौँडामा मंसिर २३ गते सन्देश सभा गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : ५७ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन