३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

हेटौँडाको मुख्य सडक विस्तारका लागि रेखाङ्कन सुरु



बाग्मती । बागमती प्रदेशको राजधानी रहेको हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि रेखाङ्कनको काम सुरु भएको छ । लामो समयदेखि विवादित सो सडकको विस्तारका लागि मुख्य सडकको दायाँबायाँ दुवैतर्फको संरचना हटाउन माइकिङ र रेखाङ्कनको काम भइरहेको हो ।

सडक सीमाभित्र पर्ने संरचना हटाउन पटकपटक सूचना जारी गर्दासमेत स्थानीयले अटेर गरेपछि स्थानीय प्रशासनले त्यस्ता संरचना हटाएर सडक विस्तारको काम अघि बढाउन पहल थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा विशेष ‘टास्क फोर्स’ गठन गरी सडक विस्तारलाई अघि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयका सूचना अधिकारी इञ्जिनियर यादव सुवेदीको संयोजकत्वमा गठित टास्क फोर्सले पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाको रेखाङ्कन गर्ने, रङ लगाउने तथा आवश्यक कानुनी कारबाही अघि बढाउने जिम्मेवारी पाएको छ ।

टोलीले जिम्मेवारी पाएलगत्तै काम सुरु गरिसकेको संयोजक सुवेदीले जानकारी दिए । “हामीले पाएको जिम्मेवारी अनुसारको काम सुरु गरिसकेका छौँ”, उनले भने, पहिलो चरणमा हामीले माइकिङ र सडकको दुवैतिर नापनक्सा र रेखाङ्कनको काम अघि बढाएका छौँ, त्यो सकेपछि संरचना भत्काउने काम अघि बढाउनेछौँ ।” काम गर्ने क्रममा समस्या नहोस् भन्ने उद्देश्यले टोलीमा अन्य सरोकार भएका निकायका प्रतिनिधिलाई पनि राखेर अघि बढेको उनको भनाइ छ ।

गठित विशेष टास्क फोर्स समितिमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सरोकार भएका निकायका प्रतिनिधिहरू सदस्य छन् ।

हेटौँडा सडक विस्तारका लागि एसियाली विकास बैंक (एडिबी)बाट स्रोत सुनिश्चित भइसकेकाले टास्क फोर्सले कामलाई तीव्र रूपमा अघि बढाउने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।

उनले सडक विस्तारका क्रममा विद्युत् खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवा अवरोध नहुनेगरी सरोकार भएका निकायसँग निरन्तर समन्वय गरी काम अघि बढाउने तयारी भएको जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेबाट बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकबाट सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५÷२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचनाहरु १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरिसकेको छ ।

तोकिएको समय सीमाभित्र धनीले त्यस्तो संरचना नहटाए सडक डिभिजन कार्यालयले भत्काएर हटाउने र त्यसमा लाग्ने सम्पूर्ण लागत खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गर्ने जनाएको छ ।

यसैबीच सडक विस्तारका लागि सडक डिभिजन कार्यालयबाट सूचना जारी भएसँगै हेभी इक्विप्मेन्ट डिभिजन कार्यालय हेटौँडाले पनि संरचना भत्काउन, सडक निर्माणलगायत कार्यका लागि आवश्यक पर्ने उपकरण र सवारीसाधन तयारी अवस्थामा राखेको छ ।

कार्यालयका सूचना अधिकारी बरुणकुमार साहले सडक विस्तारका लागि आवश्यक लम्बुङ, एक्साभेटर, ह्विल एक्साभेटर, लोडर, जेसिबी, टिपर, ट्रकलगायत सामग्री र उपकरण, सवारीसाधन तयारी अवस्थामा राखिएको जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : १९ बजे

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को