६ श्रावण २०८३, बुधबार | July 22, 2026

कर्णालीले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेका कर्णालीका कप्तान सोमपाल कामीले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई फिल्डिङको लागि आमन्त्रण गरे ।

कर्णालीको यो चौथो खेल हो । यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गरेको कर्णाली सुदूरपश्चिम रोयल्ससँग ४५ रनले र चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो ।

यता विराटनगरको पाँचौँ खेल हो । विराटनगरले प्रतियोगिताको पहिलो तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । तर चौंथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रा रोकिएको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ५३ रनको जित दर्ता गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : ५३ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज