१६ माघ २०८२, शुक्रबार | January 30, 2026

क्यानन माविद्वारा सेभेन ए साइड फूटबल प्रतियोगिता



बुटवल । बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । फूटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्य सहित यहीँ मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता गर्न लागिएको हो ।

शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरि ’संगै हामी सक्छौ’ भन्ने नारा सहित प्रतियोगिता गर्न लागिएको जानकारी गराएको हो । प्रतियोगितामा २७ विद्यालयका ३० टिमबीच प्रतिष्पर्धा हुने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । उनले पहिलो संस्करणको सफलताबाट प्रेरित भएर यो वर्ष झनै सुदृढ र व्यवस्थित रुपमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

उनले विद्यालयले फुटबल सहित चित्रकला, नृत्य तथा अन्य कुनै पनि अतिरिक्त क्रियाकलापको शुल्क नलिएको बताए । विद्यालयका सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले क्यानन स्कुलले जिल्ला स्तरमै खेलकुदको विकास, खेलाडीको क्षमता अभिबृद्वि गर्दै खेलप्रति विद्यार्थीको आकर्षण बढाउन प्रतियोगिता गरिएको बताए ।

प्रतियोगितामा २६ संस्थागत र ४ सामुदायिक विद्यालयको सहभागिता रहने छ । १९ गतेसम्म चल्ने प्रतियोगिता सिद्देश्वरी माविको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार, उत्कृष्ट गोलरक्षक र गोल स्कोरलाई ३ हजार, हरेक खेलको म्यान अफ दिन म्याचले ५५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक पवन बस्यालले जानकारी दिए ।

गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कूल र नविन कदरबहादुर रीता मावि रहेका थिए । प्रतियोगिता सम्पन्न गर्न ५ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने विद्यालयका प्राचार्य भण्डारीको भनाइ छ । विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको छ ।

केही दिनमा लगतै कक्षा ४ देखि ७ सम्मका विद्यार्थीलाई चाइनिज भाषा पनि सिकाउने गरी कक्षा सञ्चालनको तयारीमा रहेको छ । पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य भण्डारी, सहप्राचार्य न्यौपाने सहित नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारीले प्रतियोिगहरूको टाईसिट सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ११ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य