२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित



काठमाडौ। नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड जितेको छ ।

बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट , एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ  र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेकोे हो ।

काठमाडौँस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरियो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ ।

अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले उक्त उपलब्धिले आफूहरुलाई थप ऊर्जा प्रदान गरेको बताए । उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए ।

भिसा इन्टरनेशनल कार्र्डप्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ४७ बजे

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा