६ श्रावण २०८३, बुधबार | July 22, 2026

सरकारको मुख्य काम संस्थागत सुदृढीकरण हो : स्वास्थ्यमन्त्री डा गौतम



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सरकारको मुख्य काम संस्थागत प्रणालीको सुदृढीकरण भएको बताएकी छन् ।

मन्त्रालयको आयोजनामा आज भएको राष्ट्रिय वार्षिक समीक्षा गोष्ठी (आव २०८१र८२) को उद्घाटन गर्दै उनले सरकार निर्वाचन गराउन जिम्मेवारी साथ सरकार गठन भए पनि सरकारको मुख्य काम संस्थागत प्रणालीमा सुधार गर्नु रहेको बताइन् ।

भ्रष्टाचारको निर्मूल र बेथिति अन्त्य हुनुपर्ने कार्यादेश (म्यान्डेट) सहित सरकार गठन भएको उनको भनाइ छ । मन्त्री गौतमले आफू छोटो समय मन्त्रालयको नेतृत्व गर्न पाए पनि मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य र चार प्रदेश (लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिम)को स्वास्थ्य सूचाङ्कलाई बढाउने रहेको बताइन् । “स्वास्थ्य सूचाङ्क कमजोर रहेका चार प्रदेशमा कार्यक्रम प्रभावकारी कार्यन्वयन गर्दै लैजानु पर्दछ”, उनले भनिन्, “प्रदेशभित्र पनि जिल्लाको स्वास्थ्य सूचाङ्कलाई पनि बढाउन आवश्यक रहेको छ ।”

मन्त्री डा गौतमले औषधि आपूर्ति र स्वास्थ्य बीमा कार्यक्रममा पनि धेरै नै समस्या देखिएकाले समस्या समाधान गरेर लैजाने बताइन् । उनका अनुसार औषधि आपूर्तिमा अहिले विज्ञ राखेर काम भइरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई पनि अझ प्रभावकारी रूपमा लैजानु अहिलेको आवश्यकता रहेको बताउँदै उनले मन्त्रालयका कर्मचारीको काम गर्ने ऊर्जा र इच्छा देखाएर काम गर्नुपर्नेमा जोड दिइन् । मन्त्री गौतमले गत वर्षको प्रगति विवरण राम्रो देखिएको भन्दै ७२ प्रतिशत स्वास्थ्य संस्थाको भौतिक प्रगति र ८० प्रतिशत खर्च गरेर सुधार गरिएको बताइन् ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले स्रोत कटौती भएको अवस्थामा कार्यक्रमलाई प्रभावकारी रूपमा लैजानुपर्ने चुनौती रहेको बताए । उनले अरु क्षेत्रले गरेका समस्याका कारणले स्वास्थ्य क्षेत्रमा आइपर्ने काम पनि मन्त्रालयले गर्नुपर्ने भएको भनेजस्तो काम प्रभावकारी हुन नसकेको उल्लेख गरे ।

उनले स्वास्थ्य बीमा बोर्डमा अस्पतालले दाबी गर्ने २५ प्रतिशत डुब्लिकेशन देखिएको बताइन् । कार्यक्रममा सात प्रदेशका स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयले आआफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ८ : ५६ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय