२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

एनपीएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै



काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ ।

यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ ।

यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ ।

यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ५७ बजे

वेस्टर्न मेगा कलेज बुटवलमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बुटवल । बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने

बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई

मोदीसँगको भेट फलदायी रहेको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

साफ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश पहिलो हाफमा १-१ को बराबरी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल

दिल्ली होटल आगलागी : २१ को मृत्यु

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा