१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमालेको ११औँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन



काठमाडौं । नेकपा एमालेले आगामी एघारौँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन हुँदैछन् ।

एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते सबै प्रतिनिनिधिसभा क्षेत्रमा प्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता भइसकेपछि आज आवश्यक स्थानहरूमा मतदान हुँदैछ। केही निर्वाचन क्षेत्रमा सहमतिमै प्रतिनिधि चयन गरिएको छ ।

सहमति नजुटेका क्षेत्रमा आज बिहान ८ बजेदेखि मतदान शुरू भएको छ। मतदान दिउँसो २ बजेसम्म सम्पन्न हुनेछ। विभिन्न जिल्लाहरूले आफ्ना परिस्थितिअनुसार मतदान समय निर्धारण गरेका छन्।

एमालेले संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित र युवा कोटासहित करिब २ हजार प्रतिनिधि चयन गर्नेछ। त्यस्तै, प्रवास, जनसंगठन तथा विभिन्न विभागबाट थप करिब १ सय प्रतिनिधि छानिनेछन्। मनोनयनसमेत गरेर महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने अनुमान छ।

यस अघि पार्टी सचिवालयले केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रतिनिधि छान्ने विधि पारित गरी मातहतका कमिटीहरूमा पठाइसकेको थियो। सचिवालयको निर्णयअनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट खुला दुई र महिला एक गरी तीन प्रतिनिधि निर्वाचित गरिनेछ। त्यसमध्ये कम्तीमा एक जना ४० वर्षभन्दा कम उमेरका युवा अनिवार्य रहने प्रावधान राखिएको छ।

८०० सदस्यसमेतको आधारमा एक प्रतिनिधि चयन गर्ने तथा सोहीअनुसार एक जना महिला प्रतिनिधि अनिवार्य हुने व्यवस्था छ। दलित सदस्य संख्या प्रतिपाँच सयमा एक प्रतिनिधि चयन गर्नुपर्ने नियम लागू गरिएको छ।
प्रदेशगत ट्रेड युनियनबाट सात जना, प्रत्येक जनसंगठनबाट पाँच तथा महासंघीय संरचनाका जनसंगठनबाट सातजना प्रतिनिधि रहनेछन्।

विभाग र कार्यालयहरूबाट एकरएक तथा प्रवासबाट महादेशअनुसार पाँच प्रतिनिधि सहभागिता रहनेछ।
यसबाहेक, केन्द्रीय कमिटीबाट ३५४, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद्‌बाट २५ गरी कुल ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्।

एमालेका कुल ६ लाख ६७ हजार ६३० संगठित सदस्यमध्ये प्रदेश, प्रतिनिधिसभा क्षेत्र, विशेष जिल्ला, दलित, ट्रेड युनियन, प्रवास, विभाग तथा जनसंगठनबाट गरी करिब १९ सयभन्दा बढी प्रतिनिधि चयन हुनेछ। साथै, केन्द्रीय कमिटीले अतिरिक्त पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्नेछ।

सचिवालयको पछिल्लो निर्णयअनुसार केही क्षेत्रमा प्रतिनिधि संख्या थप गर्दै अनुपात समायोजन गरिएको तथा सोहीअनुसारको विधि सम्बन्धित कमिटीमा पठाइएको एमालेले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ४१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले