२३ भदौ २०८३, मंगलबार | September 8, 2026

जागरुक सकोसको कर्जा प्रवाह १२ करोड ७४ लाख



बुटवल । जागरुक बचत तथा ऋण सहकारी लि., बुटवल-६ को १८ औं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको संस्थाका जेष्ठ सदस्य मोहन पाण्डेले पानसमा दिप बालेर उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्ने बक्ताहरुले सानो सानो पुजी संकलन गरि आर्थिक सुरक्षा गर्ने महान उद्देश्य रहेको सहकारी अभियानमा केही गलत मनसाय बोकेका सहकारी संचालकहरुले गरेको आर्थिक अपचलनको घटनाले सम्पूर्ण सहकारी क्षेत्रलाई वदनाम गराएका गुनासो गरेका थिए । उनीहरुले राम्रा काम गर्दै आएका सहकारीहरु पनि गलत आर्थिक कारोवार गर्ने सहकारीकै रुपमा हेरिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

समूदायले चलाएको र नीति तथा विधिमा रहेका सहकारीहरुमा कुनै समस्या नआउने बताउदै उनीहरुले सहकारीमा देखिएका समस्या समाधान गर्दै सवल सहकारी अभियान चलाउन नियमक निकायहरुको निगरानी बढाउन उनीहरुले आग्रह समेत गरेका छन् ।

सभामा सहकारीका अध्यक्ष भिमलाई भट्ट्राईले १८ वर्ष अगाडी स्थापना भएको जागरुक सहकारीले समाज परिर्वतनको दिर्घकालिन लक्ष्यका लागि पूजी निमार्णका लागि सहकारीले खेल्नु पर्ने भूमिका निति र विधिमा रहेर निभाएको बताए । संस्थाले शेयर सदस्य तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि र सेवा प्रभावमा कुनै कमी हुन नदिएको जानकारी गराए ।

कार्यक्रममा संस्थापक अध्यक्ष खगेन्द्र शर्मा रेग्मी, सल्लाहाकार ज्योती भण्डारी, पूर्व अध्यक्ष लक्षमण वस्याल लगायत बोलेका थिए । उक्त वार्षिक साधारण सभामा प्लस टु र अन्य विभिन्न तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा सहकारीका सदस्यहरुका छोराछोरी, जेष्ठ नागरिक, असल बचत कर्ता र असल ऋणीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष भिमलाल भट्टराईको अध्यक्षता, उपाध्यक्ष श्यामप्रसाद पाण्डेको स्वागत तथा सचिव कृष्ण प्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । संस्थामा हाल कुल ८ सय ६९ जना शेयर सदस्य रहेकोमा ४ सय ३ जना महिला सदस्य रहेको सचिव पोखरेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल शेयर पूजी १ करोड ५२ लाख ७१ हजार, कर्जा प्रवाह १२ करोड, २८ लाख ४६ हजार रहेकोमा निक्षेप संकलन १३ करोड रहेको व्यवस्थापक सुन्दर रेग्मीले जनाएका छन् ।

यसैगरि जगेडा कोषमा ७२ लाख, अन्य कोषमा २५ लाख तथा जोखिम कर्जा कोषमा १८ लाख रकम रहेको छ । संस्थाले भावी कार्यक्रमका रुपमा म मेरोे घर र मेरो साथी अभियान अन्तरगत १ शेयर सदस्य बराबर १ नया सदस्य बनाउने काम गर्ने जनाएको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ७ : ११ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर