२७ माघ २०८२, मंगलबार | February 10, 2026

७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा



काठमाडौं । पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कूल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । वयस्क जनसङ्ख्यामा शून्य दशमलव १३ प्रतिशत सङ्क्रमण (प्रिभ्यालेन्स दर) रहेको छ ।

केन्द्रले सार्वजनिक गरेको ‘एचआइभी फ्याक्ट सिट २०२५’का अनुसार सन् २०२४ को अन्त्यसम्ममा नेपालमा २६ हजार ३७२ सङ्क्रमितहरुले एन्टिरेट्रोभाइरल ९एआरभी० उपचार लिइरहेका छन् र अनुमानित कूल एचआइभीको सङ्क्रमितमध्ये ७७ प्रतिशत एआरभी उपचारररत छन् ।

सन् २०२४ मा ६१४ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ भने ५६९ व्यक्तिहरुको एड्सका कारणले मत्यु भएको अनुमान गरिएको छ । सो वर्षमा ३७ बच्चामा ९०–१४ वर्ष० नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ ।

नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, कारागारमा रहेका कैदी बन्दीहरु, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशीनेहरु छन् ।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ अर्थात् ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।

सरकारले हाल ६४ जिल्लाका ९६ एआरटी केन्द्रहरुबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुन सङ्क्रमण रोकथाम (पिएमटीसिटी) सेवा, पिएमटीसिटी कार्यक्रमा सञ्चालनमा छ जसअन्तर्गत स्वास्थ्य संस्थामा गर्भवतीमा एचआइभी निःशुल्क जाँच सुविधा छ ।

विश्वमा एड्सको अवस्था सन् २०२४ को अन्त्यसम्म संसारमा चार करोड आठ लाख व्यक्तिमा एचआइभी असङ्क्रमण रहेको अनुमान छ । विश्वमा हरेक दिन तीन हजार ६०० मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् । यस वर्ष ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ३८औँ विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : ०७ बजे

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा