२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

रास्वपा-विवेकशील साझा एकता घोषणा, ५ बुँदे सहमति, चुनाव चिन्ह ‘घण्टी’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक एकता घोषणा गरिएको छ ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरूले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया सार्वजनिक गरेका हुन्।

सहमतिको दस्तावेजमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशीलकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व। उज्वल थापा र ‘विवेकशील अभियान’को योगदानलाई आधिकारिक रूपमा दस्तावेजीकरण गरी मान्यता दिइने भनिएको छ ।

एकता प्रक्रियाअनुसार महाधिवेशनसम्मका लागि रहने ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’मा विवेकशील साझा पार्टीबाट आउने नेताहरूलाई आपसी समझदारीका आधारमा समायोजन गर्ने सहमति पनि भएको छ।

यस्तै, विवेकशील साझा पार्टीका सदस्य तथा सल्लाहकारलाई केन्द्रीयदेखि स्थानीय संरचनासम्म जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई प्राथमिकतामा राखिने सहमति भएको छ।

एकीकरणपछिको पार्टी नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झण्डा पनि पुरानै—निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी-जस्ताको तस्तै रहनेछ। चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम हुनेछ।

निर्वाचन आयोगमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै दुवै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी सहमतिका आधारमा शीघ्र सम्पन्न गर्ने भनिएको छ।

सहमतिमा लोकतान्त्रिक सुशासन तथा समुन्नतिको एजेण्डामा केन्द्रित भएर अन्य सबै सुसंस्कृत र परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई रास्वपाको सिद्धान्त र ‘घण्टी’ प्रतीकअन्तर्गत एकताबद्ध हुन आव्हान पनि गरिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : ०९ बजे

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक