३१ असार २०८३, बुधबार | July 15, 2026

लायन्स क्लब अफ बुटवलद्वारा ५ सय विद्यार्थीलाई ‘फेमिली, करियर एण्ड रिलेशनसिप’ अभिमुखीकरण



बुटवल । लायन्स क्लब अफ बुटवलले ‘फेमिली, करियर एण्ड रिलेशनसिप’ विषयमा करिब ५ सय विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । बुटवलमा सञ्चालित विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

क्लबका अध्यक्ष प्रतिक पोखरेलका अनुसार कार्यक्रमको उद्देश्य युवाहरूलाई परिवारसँगको सम्बन्ध, करियर निर्माण, सामाजिक व्यवहार तथा व्यक्तित्व विकासबारे मार्गदर्शन प्रदान गर्नु थियो ।

कार्यक्रममा चर्चित हास्य कलाकार तथा मोटिभेशनल स्पिकर सन्दीप क्षेत्रीले बुटवलको दियालो फूडल्याण्डस्थित सभाहलमा उपस्थित विद्यार्थीलाई प्रेरणादायी प्रस्तुति दिएका थिए । उनले आधुनिक प्रविधि, बदलिँदो जीवनशैली र त्यसले ल्याउने पारिवारिक तथा सामाजिक असमझदारीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे उपयोगी सन्देश दिए । साथै, करियर निर्माणमा केन्द्रित हुने तरिका, लक्ष्य निर्धारण र सकारात्मक सोचका महत्वबारे समेत व्याख्या गरे ।

सो अवसरमा लायन्स डिस्ट्रिक ३२५ पी का गर्भनर बालाराम भट्टराईले विद्यार्थीलाई प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले अभिमुखीकरणले उत्साह, आत्मविश्वास र सकारात्मक सोच विकसित गर्न सहयोग पुर्‍याएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ४९ बजे

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज