२२ असार २०८३, सोमबार | July 6, 2026

श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग



काठमाडौं । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो ।

द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ । नेपाल सरकारले दिवङ्गतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ ।

एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलङ्का जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : १८ बजे

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका