१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन कार्यतालिका टुंग्याउँदै



काठमाडौं । पटक-पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आगामी पुस २६ देखि २९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने सहमति बनेपछि बैठक आजै बस्ने भएको हो ।

असोज २८ गतेदेखि महाधिवेशनसम्बन्धी विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार निकास निकालेसँगै बैठकको मार्ग खुलेको हो ।

आजको बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् । आइतबार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासमेतको उपस्थितिमा कार्यवाहक सभापति खड्काले सभापतिको आग्रहअनुसार कार्यतालिका प्रस्ताव तयार पारेका थिए ।

यसअघि महामन्त्री र सहमहामन्त्रीले छुट्टाछुट्टै प्रस्ताव पेस गरेकाले सहमतिको रूपमा कार्यवाहक सभापतिकै प्रस्ताव बैठकमा प्रस्तुत गर्न लागिएको हो । स्रोतका अनुसार कार्यतालिका प्रस्ताव छलफलका लागि नभई निर्णयार्थ पेस गरिनेछ ।

स्रोतले भन्यो, “जसरी सदनमा टेबुल गर्ने क्रममा मन्त्रीले प्रस्ताव राख्छन् र अन्त्यमा सभामुखले निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्छन्, त्यस्तै प्रक्रिया यहाँ पनि हुनेछ । यदि कसैले विमति राखेमा मतविभाजनमार्फत निर्णय हुनेछ ।”

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ५३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले