२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति



बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।

बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।

आगलागीबाट बडीमालिका-८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : १९ बजे

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी