१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुरामा आठौं अन्तर विद्यालय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी तिब्र

अनलाईनबाटै सहभागिताको नाम दर्ता गर्न सकिने



खजुरा । बाँकेको खजुरामा आठौं अन्तर विद्यालय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ । खजुरा गाउँपालिका शिक्षा समिति तथा खजुरा खेलकुद परिषदको आयोजना ज्ञानोदय नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा मंसिर २६ देखि २९ सम्म सन्चालन गरिने रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारीलाई तिव्र पार्दै आज सचिवालय स्थापना गरिएको छ ।

प्रतियोगिताको सचिवालय उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताका संयोजक डम्बर बहादुर विकले खजुराका खेलाडी पहिचान गर्न रनिङ शिल्डले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले धेरै ठूलो तामझाम नगरेर खेलकुदका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिँदै आफ्नो आन्तरिक स्रोतहरूको सदुपयोग गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

प्रतियोगिता सन्चालनका लागी स्थानीय सरकारका तर्फबाट खजुरा गाउँपालिकाले बाट १० लाख बजेट विनियोजन गरेको छ ।

सचिवालयको उदघाटन कार्यक्रममा बोल्दै प्रतियोगिता सन्चालन तथा व्यवस्थापकको जिम्मेवारी पाएको ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले आठौं अन्तर विद्यालय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको प्रतिक चिन्ह मष्कटको रुपमा स्थानिय स्तरमा पाइने जनावर खरायो राखिएको जानकारी दिए । प्रतियोगिता सन्चालनका लागि विभिन्न उप समितिहरु समेत निर्माण गरि जिम्मेवारी प्रदान गरिएको सदस्य सचिव सापकोटाले जनाए ।

उनका अनुसार प्रतियोगिता सन्चालन गर्नका लागि पालिका प्रमुख विकको संयोजकत्वमा २३ सदस्यीय समिति निर्माण गरिएको छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लको संयोजकत्वमा ११ सदस्यीय सचिवालय निर्माण गरिएको छ । फिल्ड मार्शलका रुपमा लिटिल हार्वर एकेडेमीका प्रिन्सिपल कृष्ण बहादुर भण्डारी र सहायक फिल्ड मार्शलमा आदर्श आधारभुत विद्यालय डि गाउँका प्रध्यानाध्यापक नरेन्द्र मल्ललाई जिम्मेवारि दिइएको छ । यस्तै जुरी अफ अपिल समितिमा पालिका अध्यक्षको संयोजकत्वमा ९ सदस्यीय समितिलाई जिम्मेवारी दिइएको छ । खेल सन्चालनका लागि भिमसरा भण्डारीको संयोजकत्वमा खेल उद्घाटन तथा समापन समारोह व्यवस्थापन उप समिति निर्माण गरिएको छ जसमा १३ सदस्य रहेका छन । अतिथि सत्कार उपसमितिमा संयोजक मन्दिरा निरौला सहित १० सदस्य, नारद शर्मा संयोजक रहने गरि १२ सदस्यीय मञ्च व्यवस्थापन तथा सजावट उप समिति, लेक प्रसाद प्याकुरेल संयोजकत्वमा ६ सदस्यीय उद्घोषण उप समिति, सुरेन्द्र कंडेलको संयोजकत्वमा १३ सदस्यीय स्वयंसेवक परिचालन उप समिति निर्माण गरि जिम्मेवारी प्रदान गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न यमनारायण महतोको संयोजकत्वमा १३ सदस्यीय पुरस्कार खरिद तथा वितरण व्यवस्थापन उपसमिति बनाइएको छ । भोजन तथा चिया खाजा व्यवस्थापनमा राम बहादुर खवासको संयोजकत्वमा १७ सदस्यीय उप समिति निर्माण गरिएको छ । प्राविधिक तथा फिल्ड निर्माणका लागि चन्द्र बहादुर गुरुङ्गको संयोजकत्वमा ७ सदस्यीय उप समिति बनेको सदस्य सचिव सापकोटाले जानकारी दिए । सुमन सिंह बस्नेतको संयोजकत्वमा ५ सदस्यीय पत्रचार उप समिति, कौशिला रानाको संयोजकत्वमा १० सदस्यीय पानी व्यवस्थापन तथा सरसफाई उप समिति निर्माण गरिएको छ । प्रतियोगिताको प्रचार प्रसारका लागि खगेन्द्र दाहालको संयोजकत्वमा ९ सदस्यीय उप समिति निर्माण गरिएको छ । यस्तै, वकिल खाँको संयोजकत्वमा ११ सदस्यीय स्वास्थ्य तथा प्राथमिक उपचार उप समिति, शरणहरी सापकोटाको संयोजकत्वमा १० सदस्यीय खेल सामग्री तथा जिन्सी व्यवस्थापन उप समिति, मान बहादुर भण्डारी संयोजक रहने गरि ७ सदस्यीय सांकृतिक तथा झाँकी व्यवस्थापन उप समिति, भिमसरा भण्डारी संयोजक रहनेगरी १७ सदस्यीय आर्थिक व्यवस्थापन समिति निर्माण गरिएको छ ।

त्यस्तै, ऋषिराम सापकोटाको संयोजकत्वमा ३ सदस्यीय प्रतियोगिता सहजीकरण र व्यवस्थापन समन्वय उप समिति गठन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा खजुरा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत गरि ७३ वटा विद्यालयले सहभागिता जनाउने छन । प्रतियोगितामा भाग लिने खेलाडीहरूको विवरण पहिलो पटक अनलाइन बाटै दर्ता गर्ने व्यवस्था मिलाइएको सचिवालय संयोजक खगेन्द्र मल्लले जनाए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा