१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

खजुरामा घुम्ती शिविर मार्फत ७० नयाँ व्यवसाय दर्ता, ३७ नविकरण



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले सन्चालन गरेको घुम्ती शिविर मार्फत ७० वटा नयाँ व्यवसायीहरु दर्ता प्रक्रियामा आएका छन । गाउँपालिकाले संचालन गरेको घुम्ती शिविर मार्फत ३७ व्यवसाय नविकरण भएको राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिए ।

गत विहिबार देखी व्यवसाय दर्ता तथा नवीकरणका लागी पालिकाले हरेक वडामा व्यवसायलाई पायक पर्ने स्थानमा घुम्ती शिविर सन्चालन गरेको थियो । पहिलो दिन वडा नम्बर १ मा संचालन गरिएको घुम्ती शिविर मार्फत नयाँ व्यवसाय दर्ता १४ जनाले गरेका छन् भने नबिकरण ८ जनाले गरेको सूचना प्रबिधि शाखा प्रमुख सुरेश साहुले जानकारी दिए । यस्तै, वडा नम्बर २ मा १४ वटा नयाँ व्यवसाय दर्ता भएकोमा ९ वटाले नविकरण गरेका थिए । वडा नम्बर ३ मा भने १ जनाले मात्र नयाँ दर्ता गरे भने नविकरण कसैले गर्न नआएको राजश्व शाखा प्रमुख रावतले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ४ मा २ वटा नयाँ दर्ता भयो भने नविकरण ३ वटाले गरे । त्यस्तै, वडा नम्बर ५ मा ४ वटा व्यवसायीले घुम्ती शिविरमा आएर दर्ता गरे । नविकरण भने २ वटा मात्र हुन सक्यो । वडा नम्बर ६ मा सबैभन्दा बढि व्यवसायीले आफ्नो व्यवसायको दर्ता गरेका थिए । २६ वटा नयाँ दर्ता सगैं ८ वटा व्यवसायीले नविकरण समेत गरे । खजुरा गाउँपालिका वडा नम्बर ७ मा ४ वटा नयाँ व्यवसायीले शिविरमा आएर दर्ता प्रक्रियामा भाग लिए भने नविकरण १ वटाले मात्र गरेका थिए । खजुरा गाउँपालिका राजश्व शाखाले आयोजना गरेको घुम्ती शिविरमा वडा नम्बर ८ मा ५ वटा व्यवसाय दर्ता प्रक्रियामा आए भने ५ वटा पुराना व्यवसायीले नविकरण समेत गरेका छन ।

स्थानीय तहमा व्यवसाय दर्ता र नविकरण गर्न पालिकाले समय समयमा सचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै आइएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताए । स्थानीय व्यापारी तथा उद्यमीहरूको केहि वडामा उत्साहजनक उपस्थिति रहेपनि केहि वडामा यसको औचित्यका बारेमा थप काम गर्न जरुरी देखिएको प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौेडेलले जानकारी दिए ।

स्थानीय पालिकामा दर्ता र नविकरण गर्दा हुने सहजताका बारेमा धेरेलाई जानकारी नहुनाले पनि कम दर्ता प्रक्रियामा सहभागि भएको हुनसक्ने पालिका उपाध्यक्ष मन्जु मल्लले बतार्इन् ।

घुम्ती शिविरमा सेवा लिन आएका सहभागिहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकोले शिविर बाहेकका दिनहरुमा समेत कार्यालयमै आएर दर्ता गर्ने क्रम बढिरहेको राजश्व शाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : १३ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ