१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुरा क्यान्सर अस्पतालसहित १५ स्वास्थ्य निकायमा स्थायी दरबन्दी अध्ययन गर्न मन्त्रिपरिषदबाट स्वीकृति प्रदान



काठमाडौं । संघीय सरकारले स्वामित्व लिएको १० वर्ष पुग्दा बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले पहिलो पटक स्थायी दरबन्दी पाउने बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभिन्न १५ वटा निकायको संगठन तथा व्यवस्थापन (ओएनएम) अध्ययन अघि बढाउन पूर्वस्वीकृति दिने मन्त्रिपरिषदले निर्णय गरेसँगै क्यान्सर अस्पतालमा स्थायी दरबन्दी आउने बाटो खुलेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको यो निर्णयपछि स्वास्थ्य क्षेत्रका संरचना, जनशक्ति तथा संस्थागत व्यवस्थापन सुधारका लागि आवश्यक अध्ययन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्न बाटो खुलेको छ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसहित मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य बीमा बोर्ड, वीर अस्पताल, डडेल्धुरा अस्पताल, गेटा अस्पताल, नारायणी अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, भरतपुर अस्पतालमा बनिरहेको ट्रमा सेन्टर, , सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र राष्ट्रिय औषधि प्रयोगशालाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको हो ।

अत्यावश्यक रहेका स्वास्थ्य संस्थामा दरबन्दी थप्नका लागि ओएनएम गर्ने सहमति मन्त्रिपरिषद्ले दिएको साथै करारमा भइरहेका र अत्यावश्यक सेवामा मात्रै ओएनएम गरिने बताइएको छ ।

खजुरा क्यान्सर अस्पतालले भने झण्डै तीनवर्ष अगाडि नै १०० बेड क्षमताको अस्पताललाई आवश्यक पर्ने जनशक्तिको विवरण तयार गरि मन्त्रालयकै विज्ञबाट परिक्षण समेत गराई मन्त्रालयमा पेश गरिसकेको अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए ।

धार्मिक उद्देश्य सहित महायज्ञबाट आर्थिक संकलन गरि निर्माण भएको खजुरा क्यान्सर अस्पताल २०७२ सालमा स्थानीयले संघीय सरकारलाई हस्तान्तरण गरेको थियो । संघीय सरकारबाट २०७२ सालबाट स्वामित्व लिएर संचालन गरिरहेको अस्पतालको दरबन्दी स्वीकृति नहुँदा अस्थायी, करार र दैनिक ज्यालादारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीबाट अस्पताल संचालन हुँदै आएको छ ।

दरबन्दी नभएकै कारण कितावखानामा समेत अस्पताल सूचिकृत नभएको अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलले बताए । दरबन्दी अध्ययन गर्न स्वीकृति भएसँगै निजामती कितावखानामा अस्पताल सूचिकृत हुने जनाउँदै उनले यसअघि तयार भएको ओएनएमलाई आधार बनाएर पुनः ओएनएमको सर्वे रिपोर्ट पठाइने जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : १६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा