२२ असार २०८३, सोमबार | July 6, 2026

लुम्बिनी विकास कोषको सदस्य–सचिवलाई प्रधानमन्त्री निर्देशन : ‘धर्मको हेक्का राखी काम गर्नु’



काठमाडौँ । सरकारले हालै नियुक्ति गरेको लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलाई प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छन् ।

मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि पहिलो निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला । त्यो (लुम्बिनी) धार्मिक संस्था हो, धर्मको हेक्का राखेर काम गर्नुहोला । तपाईँको अहिलेको कामले भविष्यमा तपाईँका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून् । गौरव गर्न सकून् ।”

सदस्य–सचिव श्रेष्ठले उक्त संस्था र पदको गरिमामा आँच आउन नदिनेगरी इमानदारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गोरखाको सहिद लखन गाउँपालिका–६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगालेका व्यक्ति हुन् ।

मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन् । केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा खटिएका थिए ।

अख्तियारमा उनले आठ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरेका थिए । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेको थियो ।

इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूलाई २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको श्रेष्ठले बताए ।

अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किएका थिए । पछिल्लो समय उनले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए । उनले भने, “हामी केवल जागिर मात्र खाने होइन, जहाँ पुगे पनि जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ ।”

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : ११ बजे

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका

अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो विवाह

मुम्बई । ‘वास्तविक जीवनमा होइन, केवल कथाहरूमा मात्र दोस्रो मौका

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको