१५ माघ २०८२, बिहिबार | January 29, 2026

आज विश्वासको मत सामना गर्दै मधेस प्रदेशका मुख्यमन्त्री यादव, सत्ता टिकाउने चुनौती गम्भीर



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो २ बजेका लागि निर्धारित मतदान प्रक्रियामार्फत उनले आफ्नो सरकार कायम रहने-नरहने निर्णायक क्षणको सामना गर्न लागेका हुन् ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि यादवले प्राप्त परमादेशको पत्र ढिला-मंगलबारे ३ बजे-मात्र पाएको कारण देखाउँदै प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए । अदालतले सोमबार नै विश्वासको मत लिनू पर्ने आदेश जारी गरेको थियो ।

यादव नेकपा (एमाले) संसदीय दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका थिए । अन्य दलहरूले बहुमतका आधारमा सरकार बनाउन दाबी गरे पनि तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री बनाएकी थिइन् । सो नियुक्ति विवादित बनेपछि संघीय सरकारको सिफारिसमा भण्डारीलाई पदमुक्त गरिएको हो ।

मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सदस्यले सर्वोच्चमा रिट दायर गरेका छन् । सर्वोच्चले यसअघि दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेशसमेत दिएको थियो ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । एमालेसँग २५ सांसद छन्, जसमध्ये एक जना निलम्बित छन् । विपक्षी दलका ७४ सदस्य नै यादवविरुद्ध रिटकर्ता भएकाले उनको सरकारले सदनबाट विश्वासको मत नपाउने जोखिम अत्यधिक रहेको देखिन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ३८ बजे

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको