२२ असार २०८३, सोमबार | July 6, 2026

विश्वासको मत नपाउने निश्चित भएपछि मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा



काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा घोषणा गरेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठकमा बुधबार बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सोमबार साँझ मात्र सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने थाहा भएपछि मुख्यमन्त्री यादव आफै अनुपस्थित भएका थिए । मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक बैठक दिउँसो २ बजेलाई सारिएको थियो ।

दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : ०९ बजे

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।