१६ श्रावण २०८३, शनिबार | August 1, 2026

अक्सफोर्डबाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई



बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दल (एनसिसी) मा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई गरेको छ । एनसिसीको ५१ औं डिभिजनका जुनियर क्याडेटहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

विदाई हुनु अघि ५१ औं डिभिजनका जुनियर क्याडेटहरूले अभिभावक तथा विद्यालय परिवारका बिचमा परेड तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरु विद्यालयमा सञ्चालन भएको ७९ दिने तालिमको समापन गरी हात्तीखोरमा आयोजना हुने २१ दिने तालिममा सहभागी हुन जान लागेका हुन ।

तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउंछन् । अक्सफोर्डबाट कक्षा ९ का विद्यार्थीहरु तालिममा सहभागि हुनेछन् ।

विद्यार्थीहरुलाई विदाई कार्यक्रममा एनसिसी प्रशिक्षक टोप जंग वली तथा हेमन्ती कठायतलाई विशेष सम्मान समेत गरिएको थियो । विद्यालयका प्राचार्य दिनेश भुसालले अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि हुने बताए ।

एनसिसीको उद्देश्य क्याडेटहरूलाई भविष्यमा सेना बनाउन नभई तिनीहरूलाई सक्षम, शारीरिक रूपमा बलियो, जिम्मेवार, सहानुभूतिपूर्ण नेतृत्व क्षमता भएका नागरिकका रूपमा रूपान्तरण गर्नु हो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ३९ बजे

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी