२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

हाम्रा पर्वले नेपाललाई विविधतामा एकता चिनाउने अवसर प्रदान गर्दै आएका छन् : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताएका छन् ।

उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उपराष्ट्रपति यादवले भनेका छन्, “नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद्ध भई अग्रसर हुन यस पर्वहरूले पनि उत्प्रेरित गर्न सकोस् ।”

किराँत समुदायको पर्व उधौलीलाई प्रकृतिप्रति श्रद्धा, कृतज्ञता र सामूहिक एकताको प्रतीक मान्ने गरिएको छ । राई, लिम्बू, सुनुवार, याक्खालगायतका समुदायले यस पर्वलाई परम्परागत नृत्य, गायन र सांस्कृतिक कार्यक्रममार्फत धुमधामका साथ मनाउँछन् ।

उनले भनेका छन्, “यस अवसरमा आयोजना हुने ‘साकेला’ नृत्यले प्रकृति र जीवनबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै नेपाललाई मौलिक परम्पराले सम्पन्न राष्ट्रका रूपमा चिनाउने कार्य गर्दछ ।”

‘ज्यापु दिवसले नेवाः संस्कृति हस्तान्तरण गर्ने अभियानलाई बल प्रदान गरेको छ’ उपराष्ट्रपति यादवले ज्यापू दिवसले नेवाः संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानलाई बल प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । यःमरि पुन्हीं (धान्यपूर्णिमा) तथा ज्यापू दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि कामना गरेका हुन् ।

उपराष्ट्रपति यादवले भनेका छन्, “मौलिक बाजा धिमेको तालमा प्रस्तुत गरिने झाँकीहरूले हाम्रो रैथाने परम्परालाई जीवन्त राख्दै सांस्कृतिक पहिचानलाई उजागर गर्न सहयोग पुग्दछ । नेवार समुदायको प्रमुख पर्व यःमरि पुन्हीं (धान्यपूर्णिमा) नयाँ अन्नप्रति कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्दछ, यस अवसरमा ‘यःमरि’ तयार गरी देवीदेवता, पूर्वज तथा आफन्तलाई अर्पण गरिने मौलिक परम्परा रहिआएको छ, जसले समर्पण, समृद्धि र सामाजिक एकताको सन्देश बोकेको छ । यसै दिनदेखि पूर्वी नेपालमा ‘भक्का’ पकाउने परम्परा सुरु हुने मान्यता पनि हाम्रो सांस्कृतिक विविधताको विशेषता हो ।”

उनले यःमरि पुन्हीं (धान्यपूर्णिमा) र ज्यापू दिवसले सामाजिक सद्भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको मार्गमा सकारात्मक अग्रसरताका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ८ : १८ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न