२७ माघ २०८२, मंगलबार | February 10, 2026

इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा ९फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।

जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए ।

उनका अनुसार फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने हुन्छ । तर दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ ।

कसरी सर्छ ?

फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लू लाग्न सक्छ ।

लक्षण

ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुनु हो ।

रोकथाम

बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने गर्नुपर्दछ । यस्तै बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  १२ : ४४ बजे

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’

नेकपाको प्रतिबद्धता : ५ वर्षमा १० प्रतिशतको आर्थिक वृद्धि, बहुआयामिक गरिबीको दर ५ प्रतिशतमा झार्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र वार्षिक १०

नेकपाद्वारा राजनीतिक दललाई चार वर्गमा वर्गीकरण, नयाँ दल ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी