२२ भदौ २०८३, सोमबार | September 7, 2026

बेन र भीमको अर्धशतकले काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य



काठमाडौं । ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको उत्कृष्ट अर्धशतकपछि काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेका काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनायो ।

काठमाण्डूका ओपनर बेनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन जोडे । ७९-५ को चुनौतीपूर्ण अवस्थामा उनी भीम सार्कीसँग मिलेर छैटौँ विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको पारी सम्हाल्न सफल भए । उत्कृष्ट आक्रामक ब्याटिङ गरेका भीमले २३ बलमा पाँच चौका र चार छक्कासहित ५५ रन जोडे । १९ बलमा अर्धशतक बनाउँदै उनी यस संस्करणमा सबैभन्दा छिटो ५० रन बनाउन सफल ब्याटर बने । यसअघि यो कीर्तिमान सुदूरपश्चिमका हर्मित सिंहको नाममा थियो ।

मिलिन्द कुमारले १३ रन जोडे भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। ओपनर आकाश त्रिपाठी पहिलो नै बलमा गोल्डेन डक बने ।

पोखराका बलरमध्ये धनञ्जय लक्षण सर्वाधिक प्रभावकारी रहे । उनले चार ओभरमा एक मेडनसहित १६ रन खर्चिँदै चार विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई विकेट लिए भने किरण ठगुन्ना र विपीन खत्रीले समान एक-एक विकेट हात पारे ।

यसअघि लक्ष्यले प्रतियोगितामा छ खेल खेल्दा चार जित र दुई हार व्यहोरेको छ । आजको खेलमा जित निकाल्न सके लक्ष्य प्लेअफमा प्रवेश गर्नेछ । लक्ष्यले यसअघि जनकपुर, लुम्बिनी, चितवन र कर्णालीलाई पराजित गरेको छ भने सुदूरपश्चिम र विराटनगरसँग हार व्यहोरेको थियो ।

पोखराका लागि यो छैटौँ खेल हो । पाँच खेलमा दुई जित र तीन हारसहित पोखरा प्लेअफ आशा जोगाइराख्न मैदान उत्रिएको छ । पोखराले विराटनगर र सुदूरपश्चिमसँग हार ब्यहोर्दै प्रतियोगिता सुरु गरेको थियो भने जनकपुर र कर्णालीलाई पराजित गर्न सफल भएको थियो । लुम्बिनीविरुद्ध भने तीन विकेटको हार खेप्नुपरेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  १ : ५२ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११