१३ भदौ २०८३, शनिबार | August 29, 2026

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग



काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएको छ ।

सो पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा सुरक्षित, गोप्य र सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाउन आयोगसमक्ष माग गरेको हो ।

सो पार्टीले विभिन्न कारण नेपाल बाहिर रहेका मतदातालाई मताधिकार सुनिश्चित गर्न लाखौँ नेपाली र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपालीले संविधानको धारा ८४ (५) तथा २०७४ साल चैत ७ गते सर्वोच्च अदालतबाट जारी भएको परमादेशअन्तर्गत प्राप्त मतदान अधिकार व्यवहारमा प्रयोग गर्नुपर्ने माग गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए ।

पार्टीले भनेको छ, “रोजगार, अध्ययन तथा बसोबासको कारण देश बाहिर रहेका लाखौँ नेपाली नागरिक र देशभित्रै मतअधिकारबाट वञ्चित भएका छ्न, उहाँहरुको मतअधिकारको सुनिश्चित गरिनुपर्छ ।” सरकार र राज्यका सरोकारवाला निकायले आगामी फागुन २१ गते हुने निर्वाचन गतिविधिलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ०४ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)