६ श्रावण २०८३, बुधबार | July 22, 2026

दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता



बुटवल । बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो ।

जिबिएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गरेको हो । उपाधिसँगै होराईजन जिबिएसले नगद ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेता स्कलर्स होम स्कूले ३३ हजार ३३३ रुपैयाँ, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो ।

सिद्घेश्वर खेलमैदानमा भएको निर्धारित समय बराबरी गोल भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा पनि बराबरी भएपछि खेल सडेनडेथमा ४-३ गोलले होराईजन जिबिएसले उपाधी चुम्न सफल भएको हो ।

विजेताहरुलाई राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारी, विद्यालयका अध्यक्ष थानेश्वर पौडेल, विद्यालयका प्रधानाध्यापक शंकर भण्डारी, प्याप्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सहप्राचार्य विष्णु न्यौपानेले पुरस्कार वितरण गरेका हुन् ।

प्रतियोगितामा स्कलर्स होमका क्याप्टेन सुसान्त थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार रुपैयाँ सहित पुरस्कृत भए । यस्तै होराईजन जिविएसका अज्जु सारु मगर उत्कृष्ट गोलरक्षक र स्कलर्स होमका सुमित पुलामीमगर सर्वाधिक स्कोरर घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको खेल संयोजक पवन बस्यालले बताए । फाईनल खेलमा होराईजन जिविएसका अज्जु सारु मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले क्याननले सेभेन ए साईड प्रतियोगिता गरेर फुटबल खेलाडी उत्पादनमा योगदान गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले क्याननले फुटबल प्रतियोगिता गरेपनि यसले भविष्यमा रुपन्देहीबाट राष्ट्रियस्तरमा फुटबल खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे ।

क्याननले गत वर्षदेखि क्यानन सेभेन ए साईड फुटबल प्रतियोगितालाई ब्राण्डका रुपमा सञ्चालन सुरु गरेको हो । विद्यालय तहबाटै फुटबल खेलाडी उत्पादनमा प्रोत्सहन गर्न आफूहरुले ब्राण्डका रुपमा क्यानन सेभेन ए साईड प्रतियोगिता गरेको विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले बताए ।

मंसिर १४ गतेबाट शुरु भएको प्रतियोगितामा ३० वटा विद्यालयहरु भाग लिएको अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए । पुरस्कार वितरणका क्रममा प्रतियोगिता आयोजनामा सहकार्य गरेकाहरुलाई सम्मान समेत गरिएको थियो ।

गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ८ : ११ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९