९ भदौ २०८३, मंगलबार | August 26, 2026

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन



काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्टले लेखेको उक्त पुस्तक नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कम्युनिष्ट पार्टीका नेता दीनानाथ शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

जलजला उपन्यासका लेखकसमेत रहेका महामन्त्री सिंहले उपन्यासका कमजोर विषयलाई उठान गरेर आफूलाई सजक बनाएकामा धन्यवाद् दिए । उनले लेखक भट्टले पुस्तकमा ‘कामरेड जलजला’ उपन्यासको दार्शनिक, वैचारिक पक्षबारे चर्चा गर्दै उपन्यासका राम्रा–नराम्रा कुरालाई औँल्याइदिएको बताए ।

महामन्त्री सिंहले उपन्यासमा विश्वको सरसर्ती भ्रमण गरेपनि विश्वलाई बदल्नु मानिसको क्षमताभन्दा बाहिरको कुरा भएको उठान गरिएको बताए । ‘कामरेड जलजला’ मा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्त्व दिइएको र त्यस क्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको उल्लेख गरे ।

“उपन्यासमा समाजमा पाइने गुणमध्ये आमामा पाइने सन्तानको माया सर्वेश्रेष्ठ मानवगुण भएको छ । जलजलालाई सबै मानव समाज, विश्वको सुदूर अन्तरिक्षको समेत परिप्रेक्ष प्रस्तुत गरिएको छ”उनले भने, “उपन्यासमा संसारका सबै चिजलाई आपसमा जोडेर हेर्ने प्रयत्न गरिएको छ । त्यसमाथि भट्टले विवेचना गरेर मलाई थप राम्रो गर्न सकिने पक्षबारे पनि सचेत गराउनुभएको छ ।”

एमाले उपमहासचिव ज्ञवालीले ‘कामरेड जलजला’ उपन्यास पढ्न नभ्याउने पाठकका लागि प्रकाशित पुस्तकले सजिलो हुने बताए । उपन्यासको साङ्गोपाङ्गो रूपमा कृति रहेको, श्रष्टा र सिर्जनाबीचको अन्तरसम्बन्धलाई उजागरण गरिएको भन्दै उनले लेखक भट्टले उपन्यासको विवेचना गरेर त्रुटी सच्चाउने काम गरेको बताए ।

उपमहासचिव ज्ञवालीले भने, “उपन्यासमा पात्रको चर्चा आर्दशवादी भयो भनेर कृतिमा चर्चा गरिएको छ । मोहनविक्रमले उपन्यासभित्र कम्युनिष्ट आन्दोलनमा अन्तरविरोध हुनेवित्तिकै पार्टी विभाजन हुने प्रवृत्तिबारे उठाउनुभएको छ । जलजलामा मानव ज्ञानको सबै विधा समेटिएका छ । त्यसैमाथि विवेचना गर्नु सामान्य कुरा होइन ।”

नेपाली कम्युनिष्ट पार्टीका नेता शर्माले उपन्यास मात्र नभएर दर्शन, विचार र सिद्धान्तबारे लेखिएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासबारे टिप्पणी गर्दै कम्युनिष्ट आन्दोलनको अनुसन्धान गर्न सहयोग पुग्ने गरी उपन्यास लेखिएको चर्चा गरे ।

कार्यक्रममा भाषा आयोगका सदस्य डा पुष्करराज भट्टले प्रस्तुत पुस्तकले ‘कामरेड जलजला’ उपन्यासप्रति पाठकको जिज्ञासा बढाएको बताए । विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारतीले ‘कामरेड जलजला’ उपन्यास सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको परिचय भएको बताए ।

प्रगतिवादी समालोचक खेम थपलियाले कम्युनिस्ट आन्दोलन सिद्धियो भनेर भनिएका बेला ‘कामरेड जलजला’ जस्तो उपन्यास आउनु अत्यन्तै खुसीको कुरा भएको बताए । अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशीले जलजला उपन्यासमा वैश्विक नभएर ब्रह्माण्डीय दर्शनसमेत रहेको बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : १५ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त