काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका विरोधीहरुले कालोझण्डा देखाएका छन् ।
शर्मा पार्टी विभाजनपछि पहिलोपटक गृहजिल्ला जानेक्रममा सल्ले विमानस्थलमा उत्रिएका थिए । लामो समय प्रचण्डको साथमा रहेका शर्माले प्रचण्डलाई छोडेर बाबुराम भट्टराईको अगुवाईमा गठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलेपा)मा समाहित भएपछि उनका पूर्व कार्यकर्ताहरुले कालोझण्डा देखाएको बुझिएको छ ।
विभिन्न कम्युनिष्ट घटकहरुसँग पार्टी एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी बनाउने निर्णय भएपछि शर्माले माओवादी केन्द्र परित्याग गरेका थिए ।
पुगेका जनार्दन शर्मालाई
कालो झण्डा देखाउने समुह र जनार्दनका पक्षधरबीच झडप नहोस भनेर व्यापक सुरक्षाकर्मीको तैनाथ गरिएको थियो ।


















प्रतिक्रिया