९ माघ २०८२, शुक्रबार | January 23, 2026

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि गयो सर्वोच्च अदालत



काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ र यसपटक देशको ठूलो दल नेपाली कांग्रेसले पनि भदौ २७ गते गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेको छ । विघटित संसद्का प्रमुख सचेतक श्याम घिमिरेले अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गराउने तयारी गरेका हुन् ।

कांग्रेसका तर्फबाट रिट दायर गर्ने जिम्मा निर्वाचन समिति संयोजक समेत रहेका अधिवक्ता खातीलाई दिइएको जनाइएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार महाराजगञ्जमा भएको भेटका कारण कांग्रेस पनि एमालेलाई साथ दिँदै विघटनविरुद्ध सर्वोच्च धाएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ।

रिट निवेदनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङसहित कुल ८ जना सांसद सहभागी छन् । रिट सोमबार दर्ता हुने जनाइएको छ । यसअघि कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान पनि सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : २० बजे

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा