काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।
त्यस्तै, प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताएका छन्।
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर १७ गते दायर गरेको थियो।
उक्त मुद्दामा महानिर्देशक अधिकारीसहित ६ जना व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँको बिगो माग गरिएको छ।


















प्रतिक्रिया