४ भदौ २०८३, बिहिबार | August 20, 2026

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।

त्यस्तै, प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताएका छन्।

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर १७ गते दायर गरेको थियो।

उक्त मुद्दामा महानिर्देशक अधिकारीसहित ६ जना व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँको बिगो माग गरिएको छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : २८ बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका