१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै



बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि ‘दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव-२०८२’ सुरु हुने भएको छ । शुद्धोदन उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको दोस्रो महोत्सवका तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लालमणी श्रेष्ठले महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्ने रहेको बताए। कृषि, पशुपालन, तरकारी, खाद्यान्न, फलफूल, घरेलु तथा साना उद्योगका उत्पादनलाई सार्वजनिक प्रदर्शनीमार्फत व्यापक रुपमा प्रस्तुत गरिने उनले जानकारी दिए । साथै, महोत्सवले स्थानीय व्यापारी, उद्यमी, उद्योगी तथा सहकारी संस्थाबीच समन्वय बढाउँदै व्यापारिक अवसरलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

संघका महासचिव विष्णु पंगेनीका अनुसार महोत्सवमार्फत शुद्धोदन क्षेत्रका ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूको प्रचार-प्रसार गरिनेछ । त्यस्तै, उपाध्यक्ष तथा मेला संयोजक कृष्णप्रसाद सुवेदीले महोत्सव स्थानीय उत्पादनको ब्रान्डिङका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै छपियाको माछालाई विशेष रूपमा प्रवर्द्धन गर्ने तयारी गरिएको बताए ।

करिब ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजक संघको अनुमान छ । पौष ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १२० भन्दा बढी स्टल सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ०५ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत