१५ माघ २०८२, बिहिबार | January 29, 2026

एनसेलको लापरबाहीविरुद्ध राष्ट्रिय युवा संघको आक्रोश, बुटवल अफिसमा तालाबन्दी



बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले एनसेल कम्पनीको लापरबाही र नियमनविहीन गतिविधिप्रति कडा आपत्ति जनाउँदै बुटवलस्थित एनसेल कार्यालयमा तालाबन्दी गरेको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा संघले एनसेलका गतिविधिले नागरिकको गोपनीयता, सुरक्षा र उपभोक्ता अधिकार उल्लंघन भएको आरोप लगाएको छ ।

संघका अध्यक्ष कृष्णबहादुर कुमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि “न्यायप्रेमी युवाहरू राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको कार्यमा” भन्ने नारालाई आत्मसात गर्दै संगठनले सार्वजनिक सरोकारका गम्भीर मुद्दामा सशक्त भूमिकासहित क्रियाशील रहँदै आएको छ । लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र राष्ट्रनिर्माणमा युवा वर्गको सक्रिय सहभागितालाई महत्वपूर्ण ठान्दै संघले एनसेलविरुद्धको कदम उठाएको स्पष्ट पारिएको छ ।

अध्यक्ष कुमालका अनुसार एनसेलले पछिल्लो समय उपभोक्तामाथि अन्यायपूर्ण व्यवहार गर्दै अनियन्त्रित तरिकाले व्यक्तिगत मोबाइल डाटा तथा कलसम्बन्धी गोपनीय जानकारी दुरुपयोग गरेको संकेत देखिएको र यसले आम नागरिकमा असन्तोष र अविश्वास बढाएको छ । उनले भने, “नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिने संवेदनशील विषयमा एनसेल गैरजिम्मेवार बनेको छ । त्यसैले बुटवलस्थित अफिसमा तालाबन्दी गर्नुपर्ने बाध्यता आएको हो ।”

संघले पीडित पक्षले न्याय नपाएसम्म र कम्पनीले आफ्नो नीति तथा सेवा सुधारमा ठोस कदम नचालेसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएको छ । साथै, आगामी दिनमा पनि एनसेलले जनतामाथि दुरुपयोगपूर्ण कार्य दोहोर्‍याए आवश्यक परे थप कडा कदम चालिने संघले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले दूरसञ्चार क्षेत्रमा पारदर्शिता, उपभोक्ता संरक्षण र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ५२ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।