२९ भदौ २०८३, सोमबार | September 15, 2026

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

असम्बन्धित व्यक्तिलाई ई-सीम जारी, बैंक खातामार्फत ५.७१ लाख ठगी



बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका एक युवा ठगीको ठूलो जालोमा फसेका छन् । असम्बन्धित व्यक्तिलाई ई-सीम जारी भएपछि बुटवल-११ का समुद्र श्रेष्ठबाट विभिन्न बैंक खाताबाट ५ लाख ७१ हजार रुपैयाँ निकालिएको खुलासा भएको छ । घटना सार्वजनिक भएपछि स्थानीय युवा तथा पीडितले सोमबार बुटवलस्थित एनसेल सेन्टरमा ताला लगाइ विरोध जनाएका छन् ।

पीडित श्रेष्ठका अनुसार उनले विदेश जानका लागि आवश्यक पासपोर्ट, नागरिकता र अन्य कागजातको प्रतिलिपि अनलाइनमार्फत पठाएका थिए । ‘जीवन पौडेल’ नाम प्रयोग गरेका व्यक्तिले आफ्नो कामका लागि कागजात मागेपछि १५ दिनसम्म निरन्तर भइरहेको कुराकानीले उनी विश्वासमा परेका थिए । तर, सोही कागजात प्रयोग गरेर स्क्यामरले श्रेष्ठको नाममा रहेको एनसेल नम्बरको ई-सीम प्राप्त गरेपछि उक्त सीममार्फत विभिन्न बैंक खाताबाट रकम चोरी गरेका हुन् ।

श्रेष्ठले शुक्रबार (मंसिर १९) साँझ आफ्नो फिजिकल सीम अचानक बन्द भएपछि शंका लागेको र एनसेल अफिसमा सम्पर्क गर्दा आफूले प्रयोग गर्दै आएको नम्बरमा पहिले नै ई-सीम जारी भइसकेको जानकारी मात्र प्राप्त भएको बताए ।

विदेश भ्रमणको लामो अनुभव बोकेका श्रेष्ठ यसपटक स्वीजरल्याण्ड जाने तयारीमा थिए । तर, ठगीमा संलग्न भनिएका जीवन पौडेल घटनापछि सम्पर्कविहिन भएका छन् । पीडित पक्षले ई-सीम जारी गर्न मद्दत गरेको भन्दै एनसेलका स्थानीय वितरक मनिष क्षेत्रीविरुद्ध पनि कारबाहीको माग गरेका छन् ।

यसबारे प्रतिक्रिया माग्दा एनसेल क्षेत्रीय कार्यालय बुटवलका बिजनेस हेड विनय डंगोलले घटनाबारे आफूहरूसमक्ष विवरण नआएको बताउँदै, आधिकारिक प्रतिक्रिया केन्द्रीय कार्यालयले मात्र दिने जानकारी दिए । उनले पत्रकारहरूलाई आवश्यक तथ्य प्राप्त भएपछि जानकारी गराइने आश्वासन समेत दिए ।

घटनाबारे ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र रानाले सोमबार दर्ता भएको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान अघि बढाइएकाले दोषी पहिचान तथा कारबाही प्रक्रियामा प्रहरीले काम गरिरहेको बताए ।

यो पनि पढ्नुहोस

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : २७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ