१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

एनसेलको लापरबाहीविरुद्ध राष्ट्रिय युवा संघको आक्रोश, बुटवल अफिसमा तालाबन्दी



बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले एनसेल कम्पनीको लापरबाही र नियमनविहीन गतिविधिप्रति कडा आपत्ति जनाउँदै बुटवलस्थित एनसेल कार्यालयमा तालाबन्दी गरेको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा संघले एनसेलका गतिविधिले नागरिकको गोपनीयता, सुरक्षा र उपभोक्ता अधिकार उल्लंघन भएको आरोप लगाएको छ ।

संघका अध्यक्ष कृष्णबहादुर कुमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि “न्यायप्रेमी युवाहरू राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको कार्यमा” भन्ने नारालाई आत्मसात गर्दै संगठनले सार्वजनिक सरोकारका गम्भीर मुद्दामा सशक्त भूमिकासहित क्रियाशील रहँदै आएको छ । लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र राष्ट्रनिर्माणमा युवा वर्गको सक्रिय सहभागितालाई महत्वपूर्ण ठान्दै संघले एनसेलविरुद्धको कदम उठाएको स्पष्ट पारिएको छ ।

अध्यक्ष कुमालका अनुसार एनसेलले पछिल्लो समय उपभोक्तामाथि अन्यायपूर्ण व्यवहार गर्दै अनियन्त्रित तरिकाले व्यक्तिगत मोबाइल डाटा तथा कलसम्बन्धी गोपनीय जानकारी दुरुपयोग गरेको संकेत देखिएको र यसले आम नागरिकमा असन्तोष र अविश्वास बढाएको छ । उनले भने, “नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिने संवेदनशील विषयमा एनसेल गैरजिम्मेवार बनेको छ । त्यसैले बुटवलस्थित अफिसमा तालाबन्दी गर्नुपर्ने बाध्यता आएको हो ।”

संघले पीडित पक्षले न्याय नपाएसम्म र कम्पनीले आफ्नो नीति तथा सेवा सुधारमा ठोस कदम नचालेसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएको छ । साथै, आगामी दिनमा पनि एनसेलले जनतामाथि दुरुपयोगपूर्ण कार्य दोहोर्‍याए आवश्यक परे थप कडा कदम चालिने संघले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले दूरसञ्चार क्षेत्रमा पारदर्शिता, उपभोक्ता संरक्षण र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ५२ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ