२ चैत्र २०८२, सोमबार | March 16, 2026

इ-सिम दुरुपयोग प्रकरणमा एनसेलको स्पष्टीकरण : “प्रक्रिया अनुसार सेवा प्रदान, अनुसन्धानमा पूर्ण सहयोग”



बुटवल । एनसेल आजियाटा लिमिटेडले एक सेवाग्राहीको नाम र इ-सिम दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको जानकारीका अनुसार ईमेलमार्फत प्राप्त आधिकारिक परिचयपत्र तथा आवश्यक कागजातहरूका आधारमा पूरा प्रक्रिया अपनाएर मात्र सम्बद्ध सेवाग्राहीलाई इ-सिम जारी गरिएको जनाएको छ ।

एनसेलले उक्त घटनामा आफ्नो कमजोरी नभएको दाबी गर्दै, कागजात प्रमाणीकरणदेखि इ-सिम सक्रियता प्रक्रियासम्म सबै चरण नियमसम्मत ढंगले पूरा गरिएको स्पष्ट पारेको छ ।

घटनापछि पीडितले मुद्दा दर्ता गरेसँगै इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीले आवश्यक अनुसन्धान सुरु गरिसकेको छ । एनसेलले अनुसन्धान प्रकृयामा पूर्ण सहयोग गर्न आफू तत्पर रहेको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउने कार्यमा राज्यका निकायसँग समन्वय गरिने जनाएको छ ।

कम्पनीले ग्राहक सुरक्षालाई प्राथमिकता दिने बताउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक आन्तरिक समीक्षा र सुरक्षा प्रणालीसहितका कदम उठाइने संकेत पनि गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ३९ बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका