२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

इ-सिम दुरुपयोग प्रकरणमा एनसेलको स्पष्टीकरण : “प्रक्रिया अनुसार सेवा प्रदान, अनुसन्धानमा पूर्ण सहयोग”



बुटवल । एनसेल आजियाटा लिमिटेडले एक सेवाग्राहीको नाम र इ-सिम दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको जानकारीका अनुसार ईमेलमार्फत प्राप्त आधिकारिक परिचयपत्र तथा आवश्यक कागजातहरूका आधारमा पूरा प्रक्रिया अपनाएर मात्र सम्बद्ध सेवाग्राहीलाई इ-सिम जारी गरिएको जनाएको छ ।

एनसेलले उक्त घटनामा आफ्नो कमजोरी नभएको दाबी गर्दै, कागजात प्रमाणीकरणदेखि इ-सिम सक्रियता प्रक्रियासम्म सबै चरण नियमसम्मत ढंगले पूरा गरिएको स्पष्ट पारेको छ ।

घटनापछि पीडितले मुद्दा दर्ता गरेसँगै इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीले आवश्यक अनुसन्धान सुरु गरिसकेको छ । एनसेलले अनुसन्धान प्रकृयामा पूर्ण सहयोग गर्न आफू तत्पर रहेको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउने कार्यमा राज्यका निकायसँग समन्वय गरिने जनाएको छ ।

कम्पनीले ग्राहक सुरक्षालाई प्राथमिकता दिने बताउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक आन्तरिक समीक्षा र सुरक्षा प्रणालीसहितका कदम उठाइने संकेत पनि गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ३९ बजे

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

राँझा । यहाँको डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

गलकोट । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौं । सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,